• 32
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

बाँके मंसिर ४ गते ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विहीबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तुर्माखाद गाउँपालिका ३ भैरवस्थानका २५ बर्षका युवकको मृत्यु भएको हो ।

भीरबाट लडेर गम्भीर अवस्थामा रहेका उनलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । उनको थप उपचार गर्नु पहिले कोरोना परीक्षणका लागि कात्तिक २९ गते स्वाव निकालिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई तत्काल कोभिड युनिटमा राखेर उपचार सुरु गरिएको थियो । तर विरामीको अवस्थामा सुधार नआएपछि उनको आज बेलुका ५ः १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४३ जना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here