• 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

बाँके मंसिर १० गते ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ की ७७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनी गएको ५ गते अस्पताल पुगेकी थिइन् । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब निकालिएको थियो ।

भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । रोगको प्रकृति अनुसार, सबै प्रकारको उपचार गर्दा गर्दै उनको गएराती १२ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मात्रै मृतक संख्या ४९ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here