• 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

बर्दिया मंसिर १८ गते ।
बर्दियाको मधुवन नगरपालिकामा कार र टिपर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका ४ काे ढोढरी बेलुवा चोक नजिक बिहीबार दिउँसो कार र टिपर ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका ४ काे बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुरका १७ वर्षीय निधि सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

गुलरियाबाट कञ्चनपुर जान लागेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको टिपर मधुवन नगरपालिकाको बेलवा चोक नजिक ठोक्किएकाे प्रहरीले जनाएको छ । घाइते हुनेमा बर्दियाको गुलरिया ४ का कार चालक २४ वर्षीय मनोज लोनिया, कञ्चनपुरका कमला सुनार र कृतिका सुनार रहेको जनाइएको छ ।

मृतकको शव जिल्ला अस्पताल गुलरिया लगिएको र दुर्घटना कसरी भएको भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here