• 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

दार्चुला मंसिर २२ गते ।
दार्चुलामा आइतबार राति ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेर सिह कार्कीको परिचय खुलेको छ, भने २ जनाको परिचय खुल्न बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here