• 45
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

गुल्मी पुस १२ गते ।
गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्रीको ज्यान गएको छ। ज्यान गुमाउनेमा रेसुंगा नगरपालिका १३ का २३ वर्षका बालकृष्ण भुजेल र २४ वर्षका टोपबहादुर रजाली रहनुभएको जिला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिने खोलामा भुजेल र रजालीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here