• 250
  •  
  •  
  •  
  •  
  •  
    250
    Shares

बाँके पुस १७ गते ।
नेपालगन्जको कारकाँदोमा शुक्रबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका ३६ वर्षीय विक्रम पासी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

उनीहरुको नर्सिङहोममा उपचार भैरहेको छ । नेपालगन्जबाट कोहलपुर तर्फ जाँदै गरेको ना ५ खा ५७७३ नम्बरको बस सुरुमा ट्याक्टरमा ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर सडकमा रहेका अटो रिक्सा सोकरर्दै अटोकै सोरुपमा जोतिन पुगेको थियो ।

अटो किन्न् आएका ग्राहकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताउनुभयो । प्रत्यक्षदर्शीका अनुसार बस अनियन्त्रित अवस्थामा थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । तस्वीर: खोजखबर संवाददाता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here