• 26
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

सुर्खेत पुस २३ गते ।
दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको ना ५ ख ७७५० नम्बरकाे बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।

नदीमा डुवेको बसबाट चालक बबइ गाउँपालिका-३ दाङका २२ वर्षीय सुमन नेपालीकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चाैधरीले जानकारी दिए ।

उनकाअनुसार गम्भीर घाइते भएका कालिमाटी गाउँपालिका —४ खैरेनीका ३० वर्षीय इश्वर सुनार छन् । घाइतेकाे उद्दार गरेर उपचारकाे लागि मेहलकुना अस्पतालले नेपालगञ्ज रिफर गरेकाे छ । नदीमा वेपत्ता भएकाकाे भने पहिचान खुलेकाे छैन् ।

घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईकाअनुसार कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको हाे ।

वडाध्यक्ष भट्टराईले भने, ‘बसमा तीन जना मात्रै सवार रहेको र एक जना भेरी नदीमा वेपत्ता छन् उनको खोजी कार्यमा प्रहरी र स्थानीयहरु जुटेका छन् ।’ छिन्चु-जाजरकाेट सडक खण्डमा भएकाे दुर्घटनामा बस सडकबाट करिव तीन सय मिटर तल खसेकाे वडाध्यक्ष भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here