• 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

बाँके पुस २५ गते ।
नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखा बाँकेले पीडित १३ घरधुरीलाई सहयोग गरेको छ । गनापुर उपशाखाले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अग्नी पीडित सात घुरधुरी र शित लहर प्रभावित ६ घरधुरीलाई सामाग्री वितरण गरेको जनाएको हो । जसबाट ५५ जना लाभान्वित भएका छन् ।

शनिबार गनापुर उपशाखाले आफ्नो १६ औं उपशाखा सभामा कार्य प्रगति र आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा गनापुर उपशाखाले गरेका सामाजिक कार्यको बारेमा पनि प्रस्तुत गरिएको थियो ।
उपशाखा आर्थिक वष २०७६÷०७७ मा पीडितलाई सहयोगसँगै रगत संकलन, बिरामीलाई रगत सहयोग, कोभिडविरुद्ध मास्क र सेनिटाइजर वितरण, जनचेतनामूलक कार्यक्रमको आयोजनालगायतको काम गरेको छ ।

उपशाखाले गत फागुन १६ गते विभिन्न नौ विद्यालयका ४० भन्दा बढी व्यक्तिलाई प्राथमिक उपचार एक दिवशिय अभिमुखीकरण गोष्ठीसमेत सम्पन्न गरेको उपशाखाका सचिव जगदीशप्रसाद हरिजनले जानकारी दिए ।
सचिव हरिजनका अनुसार गत आर्थिक वर्षमा उपशाखाले २० पोका रगत संकलन गर्नुका साथै बाँकेका विभिन्न अस्पतालका ११ जना बिरामीलाई रगत उपलब्ध गराएको थियो ।

२०६१ भदौ ९ गते स्थापना भएको गनापुर नेपालगन्ज उप–महानगरपालिकाका वडा नम्बर २० र १८ लाई समेट्दै काम गर्दै आइरहेको छ ।
नेपालगन्जको राझाँमा आयोजना भएको उपशाखा सभामा विभिन्न राजनीतिककर्मी, सामाजिककर्मी, विभिन्न विद्यालयका प्रतिनिधि र विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

गनापुर उपशाखाकी सभापति माया गुरुङको सभापतित्वमा सम्पन्न सभामा मुख्य अतिथिका रुपमा गनापुर उपशाखाका पूर्वसभापति एवम् रेडक्रस बाँकेको उपकोषाध्यक्ष दुखिराम लोनिया रहेका थिए । सयुक्तरुपमा दुवैजनाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here