• 2.4K
  •  
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

बाँके पुस २८ गते ।
चेतन मानन्धर हत्यामा संलग्न नेपालगन्जका हरि वली पक्राउ परेका छन्। नेपालगन्ज १२ सुर्खेतरोडमा ७२ साल असार २८ गते नेपालगन्ज ८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न नेपालगन्ज १८ का ३० वर्षीय वलीलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । वलीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेका थियो । त्यसलगत्तै उनी फरार थिए ।

यस्तै लाठी प्रहार गरी भाइको हत्या आरोपमा संलग्नल इसराइल खाँ पनि पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँ ले १७ वर्षीय भाइ रहिसको हत्या गरेका थिए । आपसी रिसिवीमा उनले सामुदायिक वनमा भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ल पक्राउ परेका छन् । बाँकेका एसपी ओम रानाका अनुसार, राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here