• 263
  •  
  •  
  •  
  •  
  •  
    263
    Shares

सुर्खेत पुस २९ गते ।
जसपाका नेता मोहम्मद इस्तियाक राइले लोकतान्त्रिक आन्दोलनका लागि सबै भन्दा बढी कर्णालीबासीको योगदान रहेको बताउनुभएको छ । पार्टीले सुर्खेतमा आयोजना गरेको बिरोधसभालाई सम्बोधन गर्दै नेता राइले प्रधानमन्त्री केपी शर्मा ओलिले संसद भंग गरेर कर्णालीबासिको योगदानको अबमुल्यन गरेको आरोप लगाउनुभयो ।

संबिधानका कुनै धारामा उल्लेख नभएको ब्यबस्थालाई टेकेर संसद भंग गरिएकोप्रती उहाँले कडा आपत्ति जनाउनु भयो । गलतलाई गलत भन्न सक्नुपर्छ उहाँले बिरोधसभामा भन्नुभयो- केही ओलिका हनुमानहरुले भ्रम छर्दै गएकोप्रती दिख लागेको छ ।

उहाँले संबिधानसभाका अध्यक्ष सुभाष नेम्वाङ मौन बसेको प्रति चर्को आलोचना गर्नु भयो । पुर्बमन्त्री राइले नेम्वाङलाई ओलिको हनुमान बनेको आरोप लगाउनु भयो । उहाँले कर्णालीबासिको लागि तराई सधैव सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here