• 43
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

बाँके माघ १ गते ।
नेकपा बाँकेका इन्चार्ज दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको गएराती निधन भएको हो । १२ पुषमा यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उहाँलाई भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसको एक दिन अघि नै उहाँ भेरीमा भर्ना हुनुभएको थियो । उहाँलाई १३ पुषमा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंको ग्राण्डी लगिएको थियो । यादव मधुमेहका विरामी हुनुहुन्थ्यो । यादवको यसअघि वाइपास सर्जरी गरिएकाले यही उपचार गर्दा थप जटिलता आउन सक्ने पूर्व आंकलन गरेर भेरीले सुविधा सम्पन्न अस्पतालमा रिफर गरेको थियो । तस्बिर : कृष्ण प्रसाद श्रेष्ठको फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here