• 33
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

फाइल फोटो

सोलुखुम्बु माघ ५ गते ।
सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
सोलु दूधकुण्ड नगरपालिका तिङ्ला बरडाँडा र नेचा सल्यान गाउँपालिकाको सिमाना महादेव भीरमा गएराति बा ४ ख ७९८० नम्बरको ट्रक दुर्घटना हुँदा चालक धादिङका कमल मगर, हेटौँडाका रामकुमार मगर र सप्तरीका कृष्ण चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो ।

दुर्घटनामा हेटौँडाका रमेश मगर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । दूधकोशी सोलुखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेको ट्रक भीरबाट खसेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here