बाँके माघ ७ गते ।
स्थानीय प्रशासनका नाममा अदालतले जारी गरेको आदेश बाँकेका सिडिओ रामबहादुर कुरूम्वाङको अटेरीपनले अझै पालना हुन सकेको छैन । राज्य शक्तिको आड र केही उच्च सरकारी अधिकारीको पहुँचमा सेलिब्रेटी बनेका बाँकेका सिडिओ कुरूम्वाङको दादागिरीका कारण अदालतले जारी गरेको ‘मालपोतमा लाइसेन्सधारी लेखनदास’ लाई काम गर्न दिनु भन्ने आदेश एक हप्ता हुन लाग्दा पनि कार्यान्वयनमा नआएको हो ।
सिडिओले अदालतको आदेशलाई समेत लत्याएर आफनो मनोमानी चलाएको मालपोत कार्यालयमा कार्यरत कर्मचारी तथा लेखापढी व्यवसायी बताउँछन । मालपोतमा विचौलिया प्रवशेमा रोक लगाएका सिडिओले केही दिनअघि एक महिलाको जग्गा पास गरिदिन त्यहाँका कर्मचारीलाई टेलिफोन गरेको र पछि आफै मालपोत पुगेर लेखनदास मार्फत आफैले काम गराउन ÷गर्न भनेको मालपोतका एक लेखापढी व्यवसायीले बताए ।
सिडिओले नै अदलातको आदेश पालना नगर्दा यतिबेला विचौलियाले आन्तरिक रूपमा महगो लिएर काम गरिरहेका छन । अर्कोतिर नागरिकले एक घण्टामै पाउने सेवा अहिले तीन दिन लाग्ने गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा समेत यतिबेला बाँकेका भौकाली सिडिओको तीब्र अलोचना भैरहेको छ । कानून व्यवसायी पूर्ण ढकालले अदालतको आदेश समेत पालना नगरी लत्यानुमा सिडिओको सतप्रशित कर्मजोरी रहेको टिप्पणी गरेका छन ।
उनले बाँकेका सिडिओलाई अदालतको आदेश नमान्ने व्यक्तिको संज्ञा दिएका छन । सचेत नागरिकले नागरिकले पाएको सास्तीका बारे आफना भनाई राखेका छन । मालपोतमा विचौलिया प्रवेश रोकथाम गरी चर्चामा आउन खोजेका सिडिओ कुरूम्वाङले कर्मचारीलाई भने नागरिकको सेवाप्रति उत्तरदायि बनाउन चासो देखाएका छैनन । यसले पनि मालपोत कार्यालय यतिबेला रामलिला नै लागेको छ ।
मालपोत कार्यालय अस्तव्यस्त देखिएको छ । कार्यालयका फाइलहरू गैर कर्मचारीका हातमा देखिएका छन । जसले जुन फाइल मन लाग्यो त्यहि फाईल उठाएको छ । हेरेको छ । आफूखुशी काम अघि बढाएको छ । तर गाउँका दुरदराजबाट आएका सेवाग्राही पालो कुरेर मालपोत परिसरमा चिसोमा कष्टकर जीवन विताइरहेका छन । कार्यालयमा आजभोली विहानैदेखि चरम भीड हुने गरेको छ । नागरिकहरू सेवा सुविधाका लागि मंगलबार बेलुका नेपालगन्जमा बसेर विहानै लाइनमा बस्न मालपोत कार्यालय पुग्ने गरेका छन ।
मौसम चिसो छ गाउँबाट आएका नागरिकले सास्ती पाएका छन । पहिले एक घण्टामै हुने काम अहिले मालपोतका कर्मचारीले तीन दिनसम्म लगाउँदै आएको जनगुनासो छ । सिडिओले मालपोतका विचौलिया र लाइसेन्सधारी लेखापढी व्यवसायीलाई प्रवेश रोक लगाएसँगै मालपोतमा सेवाका लागि आउन तमाम सेवाग्राहीले सास्ती पाएको बताएका छन ।