• 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाण्डाै माघ ९ गते ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश एकले कर्णाली प्रदेशलाई हराएको छ । प्रदेश एकले कर्णालीलाई ५९ रनले हराएर सान्त्वना जित निकालेको हो

कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कर्णाली ३५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५६ रनमा समेटियो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाए । निश्चल रावलले ३१ तथा कप्तान रविन्द्र शाहीले १८ रनको योगदान गरे । प्रदेश एकका मिनास थापाले पाँच विकेट लिए । त्यस्तै दीपेश कँडेलले तीन र मनोज तामाङले दुई विकेट लिए ।

प्रदेश एकका लागि कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय पारि खेले, लोहनीले ६६ रन बनाए । कर्णालीका रविन्द्र शाहीले तीन तथा दिनेश अधिकारी र अर्जुन चुनाराले समान दुई/दुई विकेट लिए । हारपछि समूह ‘ए’ मा रहेको कर्णाली दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here