•  
  •  
  •  
  •  
  •  
  •  

बाँके माघ ९ गते ।
जयकिसान स्पोर्ट्स क्बलको आयोजना संचालन भएको स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको उपाधि जयकिसान स्पोटर््स क्लब ‘ए’ ले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मसुरिया फुटबल एकेडेमीलाई २–० ले हराउँदै जयकिसनले उपाधि उचालेको हो ।
उपाधिका लागि जयकिसान स्पोटर््स क्लबका खेलाडी बिक्रमसिंह ठकुरीले दुई गोल गरे उनले खेलको ३७ र ५९ मिनेटमा गोल गरेका हुन् ।

उपाधि उचालेको जयकिसानले नगद एकलाख पाँच हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यसैगरी उपविजेता बनेको मसुरिया एकेडेमीले नगद ५५ हजार रुपैयाँ पायो ।
प्रतियोगितामा विधागत उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद तथा मेडलले सम्मान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडीका रुपमा मसुरिया एकेडेमीका दिवस बोहोरा सम्मानित भए ।
त्यसैगरी उत्कृष्ठ गोलकिपरमा जयकिसानका सुजित विसी र सर्वाधिक गोलकर्ता पनि जयकिसानका बिक्रमसिंह ठकरी बने ।

खेलाडी तथा टिमलाई बाँके बर्दिय मैत्री समाजका सरक्षक दीपक शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्रविक्रम थापा ‘पुकार’ एवम् क्लबका अध्यक्ष दीपु रानालगायतले सम्मान गरेका थिए ।
मैटहवा माविको फुटबल मैदान सम्पन्न भएको प्रतियोगिता भारतिय दुई टिमसहित १७ फुटबल टिमले सहभागिता जनाएको थिए ।
प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here