काठमाडौँ माघ ११ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ।नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिए।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको शुक्रबारको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उनको भनाइ छ।
उनले आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए।