• 497
  •  
  •  
  •  
  •  
  •  
    497
    Shares

बाँके माघ ११ गते ।
नेपालगन्जका एकजना व्यवसायीले जुम्लामा एकल तथा अपांगता भएका व्यक्तिहरुलाई कम्वल वितरण गरेका छन् । नेपालगन्जको न्यूरोडमा कपडा व्यवसाय गर्दै आएका मातृका उपाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं ८ का ७० वर्ष माथिका जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुलाई कम्वल वितरण गर्नुभएको हो ।

मातृका आफै त्यहाँ पुग्न नसकेपनि उहाँको दाजु अग्निप्रसाद उपाध्यायमार्फत १२० जनालाई कम्वल वितरण गरिएको जानकारी दिनुभयो । जन्मदिनमा हुने फजुल खर्चलाई कटौति गरेर कनकासुन्दरी निवासी मातृकाले असाहय तथा अपांगता भएका व्यक्तिहरुलाई थोरै भएपनि राहत होस् भनेर चियापानसँगै कम्वल वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले आफु जान नपाएपनि दाजुमार्फत उनीहरुलाई चियापान गराएर कम्वल वितरण गरिएको बताउनुभयो । कम्वल पाएपछि उनीहरुले चिसोमा यसले ठूलो राहत दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here