• 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

रुकुम माघ १३ गते ।
रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन । जिल्लाको सिस्ने गाउँपालिका-५ रुमालबारामा ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्यही वडाका २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको ज्यान गएको हो ।

गएराति साढे ९ बजेतिर पाथिहाल्नबाट डोजरको बकेट बोकेर रुकुमकोटतर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा ज्यान गएको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार दुर्घटनामा परेर ट्र्याक्टरका चालक २१ वर्षीय जीवन बुढाथोकी घाइते हुनुभएको छ । घाइते बुढाथोकीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here