• 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

जुम्ला माघ १४ गते ।
जुम्लाको तिला गाउँपालिका(७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् । हिजो मंगलबार राति ७ बजोबाट सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्नसम्म २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठोरले जारी गर्नुभएको सूचनामा उल्लेख छ । स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घासमा आगो सल्केपछि आगलागी भएको हो । तस्विरः फाईल तस्विर साँकेतिक प्रयोजनको लागि मात्र ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here