•  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा माघ १६ गते ।
रोल्पामा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याङ्कर चालक बाँके नेपालगञ्ज घर भएका ४५ वर्षीय हरबजन सिंह रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ​

विहीवार दिउँसो करिब १ बजेतिर रोल्पा नगरपालिका १ भदौरे मन्दिरको घुम्ति नजिकै ट्याङ्कर दुर्घटना भएको हो। दुर्घटनामा परि भारत रुपैडियाका सहचालक १९ वर्षीय सुनिल शंकर सामान्य घाइते भएका छन्।

उनको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवं प्रहरी निरीक्षक सन्तोष केसीले जनाकारी दिए। ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ। ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here