•  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी
काठमाडौं फागुन ५ गते ।

युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लिगमा फ्रेन्च क्लब पिएसजीले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ।

गएराति बार्सिलोनाको घरेलु मैदान क्यामनेउमा सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।​ पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। एम्बाप्पेले खेलको ३२, ६५ र ८५औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै मोइज कीनले पिएसजीका लागि खेलको ७०औ मिनेटमा एक गोल गरेका थिए।

यस अघि खेलको २७औ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेसीले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए।

आफ्ना स्टार खेलाडी नेइमार बिना खेलेको पिएसजीले पहिलो लिगमा लिएको यस अग्रताका अधारमा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने खतरा बढेको छ। अब दोस्रो लिग पिएसजीको घरेलु मैदानमा मार्च १० गते राति हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here