• 350
  •  
  •  
  •  
  •  
  •  
    350
    Shares

बाँके फागुन ५ गते ।
थाहा छ मलाई बोलको गीतले बजार तताउन थालेको छ । चर्चित कलाकारहरुको प्रस्तुती रहेको सो गीत बजारमा चर्चा कमाउन सफल छ । नेपाली गीत संगीतले निकै फट्को मारेको छ । आज भोलि कोरोनाको कहरले फिल्म क्षेत्र प्रभावित हुदा नेपाली म्युजिक भिडियो भने आज भोलि तिब्र गतिले निर्माण हुन थालेका छन् ।

यसलाई एउटा सकारात्मक पाटो पनि हो नेपाली सुगम संगीतमा’।
यसै बेला आज निकै मिठो गीत”थाहा छ मलाई “को म्युजिकको भिडियो सार्वजनिक भएको छ। केशब कटुवाल को सब्दमा चर्चित गायिका मेलिना राइ र मुकेश कटुवालको स्वरमा रहेको उक्त गीतको संगीत चर्चित संगीतकार बिनय कार्की र संगीत संयोजन पनि उहाकै रहेको छ भने भिडियोको निर्देशन चर्चित गायक तथा निर्देसक ताराबिर पाण्डेको रहेको छ’।

उक्त गीतको भिडियोमा नवराज पाण्डे र रोशनी राज भण्डारीको निकै राम्रो रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन मुहा सिङ्ग थापा मगरले गर्नु भएको छ भने भिडियोको सम्पादन कार्य पनि उहाकै रहने छ’। भिडियोको बजार ब्याबस्थापन हाइलाइट नेपालले गरेको छ’ | यो गीत अहिले सबैको रोजाइ बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here