•  
  •  
  •  
  •  
  •  
  •  

बाँके फागुन ९ गते ।
नेकपा बाँकेले १५ दिने अभियान सञ्चालन गर्ने भएको छ ।सुर्य ढकाल नेतृत्वमा अभियान चल्ने भएको हो । नरैनापुरको लक्ष्मणपुरमा आईतबार बसेको जिल्ला कमिटी बैठकले १५ दिनभित्र ८१ वटै वडामा वडा कमिटी गठन, पुनर्गठन, युवा संघ र अनमेसंघ गठन गर्ने निर्णय गरिएको संयोजक ढकालले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला कमिटीमा मनोनित भएका ३१५ जना जिल्ला कमिटी सदस्यहरुको सपथग्रहण भएको सचिव प्रमोद धितालले जानकारी दिनुभयो । साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी १५५ सदस्यीय थियो । ढकाल नेतृत्वको ओली पक्षले १५५ जनालाई कायमै राखेर ३१५ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको हो ।

बैठकमा ओली पक्षीय नेकपा केन्द्रीय सदस्य तथा प्रदेशका अध्यक्ष लिला गिरी, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, देवराज भार, मो.हारुन, नन्दलाल रोकाय, बाबुराम गौतम, शान्ति ढकाल लगायत केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यहरुको उपस्थिती रहेको सहसंयोजक किस्मत कक्षपतिले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here