• 202
  •  
  •  
  •  
  •  
  •  
    202
    Shares

बाँके फागुन १० गते ।
नेपालगन्ज- खजुरा सडकखण्ड अन्तर्गत मानपुरमा रहेको घर भत्काएर सडक विस्तार गरिने भएको छ । मानपुर मोडस्थित सडक किनारमा रहेको यो घर भत्काउन बाँके र बर्दियाका बासिन्दाले बारम्बार माग गदै आएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले यहि शुक्रवार फागुन १४ गते घर हटाई सडक बिस्तार गर्ने घरधनी सङ्ग सहमती भएको सार्वजनिक गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बाँकेमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनासाथ सो घर सहमतिका आधारमा भत्काएर सडक विस्तार गरिने बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here