• 650
  •  
  •  
  •  
  •  
  •  
    650
    Shares

बाँके फागुन १५ गते ।
नेपालगन्ज ग्यालरी टु ले आज अगैयामा बनभोज कार्यक्रमको आयोजना गरेको छ । आरिफ इराकी एडमिन रहेको सो वनभोजमा पुर्ब मन्त्री तथा बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइ समेत त्यहाँ पुग्नुभएको थियो ।

बाँके क्षेत्र नम्वर १ को राप्तीसोनारीको अगैयामा आयोजना गरिएको उक्त वनभोजमा त्यहाँबाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले स्वागत गर्नुभएको थियो ।

त्यसक्रममा अथकले आन्तरिक पर्यटन प्रर्बधनका लागि यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । उहाँले अगैया आन्तरिक तथा बाह्रय पर्यटकहरुका लागि महत्वपूर्ण पर्यटकिय क्षेत्रको रुपमा पहिचान स्थापिन गर्न पहल थाल्नु पर्ने बताउनुभयो।

अर्का प्रतिनिधिसभा सदस्य राइले अगैया पर्यटकिय क्षेत्रका रुपमा विकास हुँदै गएको बताउनुभयो । सांसदद्धय उक्त वनभोजमा युवाहरुसँग रमाइलो गर्नुभएको थियो । पिकनिक कार्यक्रम आयोजना गरेकोमा उहाँहरुले सबैलाई धन्यवाद दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here