•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं फागुन १८ गते ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भिएको खेलमा रियल मड्रिड मुश्किलले हारबाट जोगिएको छ । घरेलु मैदान भएको खेलमा खेलमा अन्तिम समयको गोलले रियल मड्रिड रियल सोसिडाडसँग बराबरी गर्न सफल भएको हो । भ्रमण टोली सोसिडाडका लागि ५५ औँ मिनेटमा पोर्चुगिज मान्जानेराले गोल गरे ।

पछि परेको रियल मड्रिडका लागि ८९ औँ मिनेटमा विनिसिअस जुनियरले बराबरी गोल गरेर एक अंक दिलाएका हुन् । बराबरीपछि तेस्रो स्थानको रियल मड्रिडको २५ खेलबाट ५३ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको पनि समान ५३ अंक नै छ । रियल मड्रिड शीर्ष स्थानको एथ्लेटिको मड्रिड भन्दा पाँच अंकले पछि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here