• 41
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

बाँके फागुन २० गते ।
सरस्वती मा.वि भवनियापुरलाई खेलकुद पोसाक सहयोग गरिएको छ । सोनारी राप्ती मिडिया प्रा.लि का अध्यक्ष हेमन्त चौधरीले आफ्नै लगानीमा खेलाडी विद्यार्थीहरुलाई खेलकुद पोशाक सहयोग गरेका हुन ।

यहि २२ गते बाट राप्ती सोनारी १ लौकीमा हुने तेस्रो राप्ती सोनारी स्तरिय रनिङ शिल्ड प्रतियोगीतामा भाग लिने सरस्वती मा.वि भवनीयापुरका २० जना खेलाडीहरुलाई आज एक कार्यक्रमको आयोजना गरेर पोषाक उपलब्ध गराइएको उक्त विद्यालयका प्र.अ ललित कुमार चौधरीले जानकारी दिए । कार्यक्रममा बोल्दै मिडिया प्रा.लिका अध्यक्ष चौधरीले आफु उक्त विद्यालयको पुर्व विद्यार्थी र खेलाडी भएको बताउँदै खेलकुद विकासका लागी पोशाक सहयोग गरेको उल्लेख गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिडिया प्रा.लिका सदस्य इश्वरी के.सी, मेघराज रिजाल लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो । सिद्देश्वर महादेव विद्यालयको आयोजनामा हुन गइरहेको रनिङ शिल्डमा ३० बढि विद्यालयको सहभागीता रहने छ भने २५ गते सम्म सन्चालन हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here