•  
  •  
  •  
  •  
  •  
  •  

बाँके फागुन २१ गते ।
सातौँ प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिताको पुरस्कार राशी बढाइएको छ। बाँके जिल्ला भलिबल संघको आयोजनामा फाल्गुन २१ देखि २५ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने भएको छ । गतवर्ष विजेतालाई दुई लाख रुपैयाँ दिइएको थियो। संघका अध्यक्ष टीएस ठकुरीका अनुसार, दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

२०७० सालदेखि सञ्चालनमा रहेको प्रतियोगितामा यसपाली पाँच वटा टीमको सहभागिता हुने भएको छ। भारतीय टीमले अन्तिममा आएर आउन नसक्ने जनाएको छ। यसपाली नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र लुम्बिनी प्रदेशको टीमको सहभागिता रहनेछ।

प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रदेश कृष्णा केसी नमुना, बाँकेका सात वटा पालिकाका उपप्रमुख, प्रतियोगिताका सद्भावनादूत मिस नेपाल नम्रता श्रेष्ठको उपस्थितिमा टीम, पुरस्कार राशी र ट्रफी सार्वजनिक गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here