Football.
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं फागुन २१ गते ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब र तेस्रो स्थानमा रहेको बाँसबारी क्लबबीचको खेल हुँदैछ । उँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै आफ्नो स्थान कायमै राख्ने दाउमा छ ।

आजको खेल हारेमा सातदोबाटोले शीर्ष स्थान गुमाउने सम्भावना छ । सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको पनि २२ अङ्क नै रहेको छ । यसैबीच एन्फा कम्प्लेक्समा नै दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीचको खेल हुँदैछ । मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा रहेको छ भने पुलचोक २ अङ्कसहित तालिकाको पुछारमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here