•  
  •  
  •  
  •  
  •  
  •  

दार्चुला फागुन २३ गते ।
दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग–३ च–१६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोटमा दुर्घटनामा परेको हो।दुर्घटनामा परि मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षिया सुना देवी पन्त, ४० वर्षीय पदमराज पन्त र लेकम गाउँपालिका–६ का जीप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

दुर्घटनामा परेर जीपमा सवार अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षिय बुद्धिबल्लव पन्त, सोही ठाउँका १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय बसन्त पन्त र ७० वर्षीया गंगा पन्त रहेको उनले बताए।कच्ची सडक भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। जीप सडकबाट भण्डै एक सय मिटर तल खसेको बताइएको छ। घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here