• 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

बाँके फागुन २८ गते ।
नेपालगञ्ज उप–महानगरपालिकाले क्षयरोग जोखिमयूक्त जनसंख्यालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरेको छ । स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती तथा सेवाको पहुँच कम भएको क्षेत्रमा सक्रिय खोज कार्यक्रम अन्तर्गत माईक्रोस्कोपिक शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

पहिलो दिन शुक्रबार वडा नम्बर २० को मनिकापुरस्थित गायत्रीनगरमा शिविर सञ्चालन भएको छ । क्षयरोगका पोजिटिभ विरामीहरुका आधारमा उच्च जोखिममा रहेका कारण वडा नम्बर २० छनौट गरिएको चन्दले बताउनुभयो । शनिबार नयाँ बस्तीमा शिविर सञ्चालन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here