• 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

सुर्खेत चैत ४ गते ।
विमानस्थल विस्तारमा अवरोध पुर्‍याएका स्थानीयको विवाद सुल्झाउँदै सुर्खेत विमानस्थल विस्तारको काम सुरु गरिने भएको छ । विमानस्थल विस्तार गर्दा धेरै स्थानीयको उठीबास हुने भन्दै अवरोध गरेका स्थानीयबासीसँग उत्तरतर्फ धावनमार्ग विस्तार गर्ने सहमति भएपछि विस्तारको काम सुरु हुने भएको हो ।

कर्णाली प्रदेश सरकार, नेपाल नागरिक उड्यन प्राधिकरण र स्थानीय सरोकारवालाबीच भएको छलफलमा स्थानीयले उत्तरतर्फ धावनमार्ग विस्तार गर्न दिने सहमति भएको नागरिक उड्यन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले बताए । सोही सहमतिअनुसार प्राधिकरणले नयाँ डिजाइनअनुसार विस्तार कार्य अगाडि बढाउने उनको भनाइ छ ।

‘विवादलाई समाधान गर्न यसअघिको डिजाइन परिवर्तन गर्न थालिएको छ,’ उनले भने, ‘अब उत्तरतर्फ मात्रै विस्तार गर्ने भए पनि नयाँ ढंगले विस्तारको काम सुरु हुन्छ ।’यसअघि उत्तरतर्फ ६ सय मिटर, दक्षिणतर्फ ४ सय मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ २ सय मिटर क्षेत्रफल अधिग्रहण गर्ने गरी अध्ययन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here