• 18
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

चितवन चैत ८ गते ।
जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जना महिलाको मृत्यु भएको छ।
(आइतबार )आज विहान चार बजे भरतपुर महानगरपालिका-१३ गंगानगर स्थित जंगल छेउको बस्तीमा एक्कासी जंगली हात्ती आएर एकजनाको ज्यान लिएको छ भने ३ वटा कच्ची घर भत्काएको छ।

हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-१३ उज्वलनगर बस्ने ५० वर्षीया तिलमाया भुजेलको घटना स्थलमा नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

त्यस्तै हात्तीको आक्रमणबाट सोही ठाउँका जिवन तामाङको घर पुर्ण रुपमा क्षति भएको र सोही ठाउँका कृष्ण भुजेलको घर बले गोठको घरमा आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। त्यसपछि हात्ती भागेको पनि चितवन प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here