• 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं चैत ९ गते ।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समसामयिक राजनीतिक घटनाक्रम र महाधिवेशनको तयारीका सम्बन्धमा आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटका शीर्ष नेताहरूसँग दुई घन्टा छलफल गरेका छन् ।

पौडेलनिवासमा बसेको बैठकमा महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा रामशरण महत र अर्जुननरसिंह केसी र डा मीनेन्द्र रिजाल सहभागी थिए । बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here