• 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

पाँचथर चैत १८ गते ।
पाँचथरको याङवरक गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका–१ च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नम्बरको जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो ।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते फिदिम–२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here