• 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बाँके चैत २२ गते ।
इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्स र टोरिनोले बराबरी खेलेका छन्।
राति भएको खेलमा युभेन्ट्स र टोरिनोले २-२ गोलको बराबरी खेलेका हुन् । खेलको १३ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १र१ गोलको बराबरीमा फर्काए । खेलको ४६ औं मिनेटमा सनाब्रियाले गोल गर्दै टोरिनोलाई २-१ गोलको अग्रता दिलाए । तर खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले २-२ गोलको बराबरी गर्यो ।

बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्ट्स चौथो स्थानमा रहेको छ । टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here