• 66
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

बाँके चैत २२ गते ।
बाँकेमा ज्वाला सिंहको नाममा फिरौति माग्ने चारजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । राप्तीसोनारी गाँउपालिका वडा नं ५ जुरपानी वस्ने सिताराम थारुलाई विगत १ हप्ता पहिला ज्वाला सिंह समूहको नाम बाट फोन गरि रु दुई लाख रकम चन्दा माग गरेको सूचना प्रहरीले फेला पारेको थियो ।

त्यही आधारमा जिल्ला प्रहरी कार्यालयबाट विशेष प्रहरी टोली परिचान गरि उक्त समूहको खोजलतास तथा निगरानी गर्ने क्रममा आफुलाई ज्वाला सिंह समूह भनि बताउने जिल्ला राप्तीसोनारी ४ सुर्यलालपुर वस्ने वर्ष २४ को विकास चौधरी, वर्ष ४१ मेघनाथ चौधरी, वर्ष ४० भिम बहादुर भण्डारी र दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं।१५ घर भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं ४ सल्यानीबाघ वस्ने वर्ष २९ ज्योती प्रकाश चौधरी पुरैनीबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १० हजारसहित चन्दा रकम माग गर्ने प्रयोग गरेको ९८२६५१८९२९ नम्वरको मोवाइल सिम पनि बरामद गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here