• 50
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं बैशाख १ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।
आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने उनले बताए। जनताका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरू गरिएको थियो। अहिले दिनको एक सयमा पुगेको छ। आगामी दिनमा बढ्छ।

आउँदो बजेटमा अझै वृद्धि गरिनेछ।’ उनले जनतालाई आशा र भविष्यप्रति विश्वास जगाउने काम सरकारले गरेको बताए। सरकारले केही गरेन भनेर केहीले भड्काउन खोजे पनि त्यो सफल नभएको उनले बताए। दिनमा साढे ५ किमीका दरले बाटो बनेको उनले बताए। दिनमा १२ वटा आवास बनेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here