• 944
  •  
  •  
  •  
  •  
  •  
    944
    Shares

हेमन्त चौधरी
बाँके बैशाख २ गते ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा टिप्पर काण्डले पालिकामा तालाबन्दी भएको छ । राजनीतिक आडमा १० वटा टिप्पर कारवाही नगरि छाएिको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो ।

राजनीतिक आडमा राप्ती सोनारी गाउँपालिकाले कुनै कारवाही नगरी १० वटा टिपर आज विहीबार छोडेको छ । प्रहरीले राप्ती सोनारी वडा न २ र ३ को क्षेत्र बग्दैला घाटबाट अवैध माल समान ओसारपसार गर्दै गरेको टिप्पर नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागी गाउँपालिकालाई जिम्मा लगाएको थियो ।

तर गाउँपालिकाले कुनैपनि कारवाही नगरि छाडेको छ । यो बिषयमा गाउँपालिका संग आधिकारीक जवाफ लिन खोज्दा गाउँपालिका अध्यक्ष लाहुराम थारु जवाफ दिन सकेनन । उनी आफु मुगु भएकाले थाहा नभएको बताए । अध्यक्षका स्वकीय सचिव सन्तोष चौधरीले अवको दिन प्रहरीले भेटाएमा कारवाही गर्ने गरि छोडिएको जवाफ दिएका छन् ।

गाउँपालिकाले टिप्पर राखिएको चौकीलाई पत्राचार गरेर एक पटकलाई छोडिएको र अर्को पटक आवश्यक कारवाही गर्ने गरि छोड्न भनेको छ । यस अघि गाउँपालिकाले अवैध उत्खनन, ओसार पसारमा संलग्न, ट्याक्टरलाई २५ हजार, टिप्परलाई ५० हजार र स्काभेटरलाई १ लाख रुपैयाँ सम्म जरिवाना लिएर छोड्ने गरेको थियो ।

गाउँपालिकाले निशान विल्र्डसलाई ४० लाख रुपैयाँको राजश्व काट्न लगाएर बग्दैला घाट जिम्मा लगाएको थियो । उत्खनन गर्नुपर्ने ग्रावेल १ महिनामै पुरा गरिसकेको ठेकेदारले ३ महिना सम्म अवैधरुपमा उत्खनन गरिरहेकोले स्थानीय बासिन्दा वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका युवाहरु पटक पटक विरोध गर्दै आएका छन् ।

राप्ती सोनारी गाउँपालिका वडा न २ का वडा अध्यक्ष मदन वलीको संयोजकत्वमा आइतबार देखि गाउँपालिकामा कडा आन्दोलन गर्ने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here