• 68
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

बाँके वैशाख ३ गते ।
बाँकेका आधादर्जन बढी विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण फैलिएको छ । नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका २० जना शिक्षक र १८ जना विद्यार्थीलाई कोरोना पुष्टि भएपछि जिल्लाभरीका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी मावि, मंगलप्रसाद मावि, सेन्ट थोमस बोर्डिङ स्कुल, वाटरपार्क, महेन्द्र र आर्दश माविका शिक्षक, र सनविम माविका विद्यार्थीमा कोरोना पुष्टि भएको छ। यस्तै डुडुवा गाउँपालिकामा सरस्वति मावि, मावि बनकटी, नेराप्रावि अमरहवा, ज्ञानदिप माविका शिक्षक र विद्यार्थीमा भाइरस पुष्टि भएको छ । यी त अहिलेसम्म पुष्टि भएका मात्रै हुन्, अरू थुप्रै विद्यालयका शिक्षक र विद्यार्थी कोरोना संक्रमित भएका हुन सक्न्। कतिपय शिक्षकहरु परीक्षण नगरि होम क्वारेन्टिन बसेको गर शिक्षा प्रमुख थापाले जानकारी दिनुभयो ।

‘नेपालगन्ज र डुडुवाका धेरैजसो विद्यालयमा संक्रमण फैलिसकेको भन्दै उहाँले स्थिति भयावह बनेको बताउनुभयो । भेरी अस्पतालका अनुसार कोरोना भाइरसका नयाँ संक्रमितमा धेरैजसो शिक्षक, विद्यार्थी र अभिभावक छन्। कतिपय विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे पनि धेरैजसोले त्यसलाई लत्याएका छन्। भाइरस संक्रमणको जोखिम बढेपछि पर्सि आइतवारदेखि जिल्लाका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय भएको छ। ‘

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या आज विहानसम्म ३ सय १९ पुगेको छ । भेरी अस्पतालको कोभिड वार्डमा अहिले ७८ जना भर्ना भएका छन्। तीमध्ये ४७ जनाको अवस्था गम्भीर रहेको छ । ८ जना जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाँकेमा अहिलेसम्म ५ हजार ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । ४ हजार ७ सय ४५ जना डिस्चार्ज भएका छन् भने ५९ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here