• 2K
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares

बाँके वैशाख ३ गते ।
बाँकेमा बस र टिप्पर जुध्दा ५ जनाको मृत्यु भएको छ । अरु ३७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काकरभित्ताका लागि छुटेको मे १ ख ३३४७ नम्वरको बस र पूर्वबाट कोहलपुर आउँदै गरेको अनटेस्ट नम्वर प्लेटको टिप्पर रोहिनी खोला नजिकै ठोक्किएका थिए ।

दुर्घटनामा चारजना पुरुष र एक महिलाको मृत्यु भएको छ । घाइते सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । केहीको अवस्था अझै गम्भीर छ । थप विवरण आउँन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here