• 41
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

काठमाडौं वैशाख ४ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार सर्वदलीय बैठक बस्ने भएको छ। ओलीले बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारीसहितका विषयमा छलफल गर्नका लागि बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गर्न सकिने प्रयास तथा राजनीतिक गतिरोध अन्त्यबारे छलफल हुने जनाइएको छ ।

पछिल्ला दिनमा देशका विभिन्न क्षेत्रमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । सरकारले १४ जिल्लालाई कोरोना अति प्रभावित घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here