• 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं वैशाख ४ गते ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नइ सुपर किंग्स विजयी भएको छ ।
मुम्बईमा भएको खेलमा चेन्नईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

१०७ रनको झिनो लक्ष्य चेन्नईले १५ ओभर चार बलमा मात्रै चार विकेटको क्षतिमा भेट्टाएको हो ।चेन्नईका लागि मोइन अलीले ३१ बलमा ४६ तथा फाप डू प्लेसिसले ३३ बलमा नटआउट ३६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ८ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । उसका लागि शाहरुख खानले ३६ बलमा ४७ रन बनाएका थिए ।यो सिजन पहिलो जित दर्ता गरेको चेन्नई दुई अंकसहित दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here