• 7.2K
  •  
  •  
  •  
  •  
  •  
    7.2K
    Shares

बाँके वैशाख ४ गते ।
बाँकेको कोहलपुरस्थित रोहिणी खोला नजिकै हिंजो बेलुका यात्रुबाहक बस र टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका सबैको परिचय खुलेको छ । दुर्घटनामा एक महिलासहित पाँचजनाको मृत्यु भएको थियो ।

कोहलपुर प्रहरीका अनुसार दूर्घटनामा सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं। ३ की अम्बिका कान्ती, कोहलपुर नगरपालिका वडा नं। १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं १० का ४५ का छत्रबहादुर कटुवालको मृत्यु भएको हो ।

मृतकमध्ये कोहलपुरका दुई जना टिप्परका चालक र परिचालक हुन् । मृतक अन्य तीनजनामध्ये कटुवाल बस धनी हुन् भने विक नेपाली सेनाका जमदार हुन् । दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो । ३७ जना घाइते मध्ये २ जना सेना २ जना सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको र २४ जनाको नेपालगन्जमा नै उपचार भैरहेको छ । ती मध्ये सातजनाको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here