• 493
  •  
  •  
  •  
  •  
  •  
    493
    Shares

खोजखबर संवाददाता
बाँके वैशाख ४ गते ।

बाँके कोरोनाको हटस्पट बनेको छ । एकैदिन दुई सय संक्रमित फेला परेसँगै कोरोना समुदाय स्तरमा फैलिएको स्पष्ट भएको छ । संक्रमण भुसको आगो झै फैलिएपनि रोकथाम र निदानका लागि भइरहेका प्रयास भने नगन्य जस्तै छ । विद्यालयहरु बन्द गरिएपनि भिडभाड हुने क्षेत्रमा उस्तै व्यथिति छ ।

नेपालगन्जको त्रिभुवन चोक, त्रिवेणीमोड, घरबारी टोललगायतका क्षेत्रमा मानिसहरुको अत्यधिक भिडभाड हुने गरेको छ । उक्त भिडभाडलाई व्यवस्थित गर्ने सवालमा प्रहरी मुख दर्शक बनिरहेको छ । जनस्वास्थ्य मापदण्डको पालना नगरि अटोहरु गुडिरहेका छन् । चालकहरुले न मास्क लगाएका हुन्छन् न त सेनिटाइजरको प्रयोग गरेका हुन्छन् । त्यसमा सामाजिक दूरीको समेत पालना नभएको पाइएको छ ।

भाइरस संक्रमण द्रूत गतिमा फैलिरहेपनि आमसर्वसाधरण समेत सचेत नभएको पाइएको छ । भिडभाड गर्ने र भिडभाडमा जानेक्रम रोकिएको छैन् । गत वर्ष भन्दा भयावहरुपमा फैलिएको कोरोनाको कसैलाई डर नै नभएको झै दृष्य बजार क्षेत्रमा छ । स्वास्थ्यका मापदण्ड पालना नगरि जथाभावि हिडडुल गर्नाले भाइरस घरघरमा पुगिसकेको छ । स्कुले विद्यार्थी, शिक्षक र अभिभावकसमेतलाई भाइरसले आक्रान्त पारेको छ।

बाँकेका तत्कालिन सिडियो रामबहादुर कुरुम्वांगको गैरजिम्मेवारीका कारण कोरोना फैलिनमा ठूलो बल पुगेको छ । भाइरस संक्रमणको जोखिम बढ्दै गएपनि उनले मेला, महोत्सव, सभा, सम्मेलन रोक्न सकेनन् । नयाँ बर्षमा ठाउँठाउँमा सांगितीक कार्यक्रम समेत आयोजना गरिए । ती र्काक्रमहरुले भाइरस संक्रमणलाई फैलाउन ठूलो मद्दत गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

भारतमा अहिले जुन खालको संक्रमण फैलिएको छ त्यही फैलावट बाँकेमा पनि देखिएको छ । दैनिक संक्रमण दर बढ्दै गए उपचार अभावमा विरामीको मृत्यु हुने चेतावनी स्वास्थ्यकर्मीहरुको छ । भारतमा उपचार अभावमा संक्रमित विरामीहरु छटपटाउँदै मृत्युवरण गरिरहेका छन् । यहाँपनि अवस्था त्यही आउने निश्चित रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कोरोना रोकथामका लागि अव लकडाउनको विकल्प नभएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । छिमेकी देश भारतमा भाइरस संक्रमण रोक्न ठाउँठाउँमा लकडाउन गरिएको छ। विद्यालय बन्द गरिएका छन् । भीडभाड हुने कार्यालय बन्द छन् । बाँकेमा भरखरै आएका सिडियोलाई कोरोना रोकथाम र निदान चुनौतिपूर्ण देखिएको छ ।

उनीसँग अव दुई वटा विकल्प छन् कि लकडाउन र कि त पर्याप्त आइसोलेसन सेन्टर निर्माण गर्नु । नागरिकहरु लकडाउन चाहादैनन् । तर आइसोलेसन बनाउन पनि कम सजिलो छैन् । त्यसका लागि स्रोतसाधन र जनशक्ति महत्वपूर्ण हो । स्रोतसाधन र जनशक्ति कहाँ पाउने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here