• 216
  •  
  •  
  •  
  •  
  •  
    216
    Shares

ताहिर शेषराई (साहिल)
बाँके वैशाख ४ गते ।

बाँकेको जानकी गाउँपालिका मातहतका भोलि आइतबारदेखि सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । शिक्षा शाखा मानपुरमा शुक्रबार आकस्मिक बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय शिक्षा शाखा प्रमुख प्रतिभा ओलि खड्काले जानकारी दिनुभयो ।

बाँकेका आधादर्जन बढी विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण फैलिए पछि जानकी गाउँपालिका अन्तर्गतका विद्यालयहरु बन्द गर्न निर्णय गरिएको हो ! पछिल्लो समय कोभिड-१९ संक्रमण उच्च गतिमा बढेपछि नेपालगन्ज र डुडुवाका धेरैजसो विद्यालयमा संक्रमण फैलिसकेको भन्दै उहाँले स्थिति भयावह हुनसक्ने बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका २० जना शिक्षक र १८ जना विद्यार्थीलाई कोरोना पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके लगायत अन्य १४ वटा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम बढेपछि भोली आइतवारदेखि जिल्लाका सबै विद्यालय एक हप्ता बन्द गर्ने जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ।

उक्त बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय समेत गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा १ सय ९९ संक्रमित फेला परेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here