• 79
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

बाँके वैशाख ४ गते ।
राप्ती सोनारी ५ टडुवा गाउँका युवाहरु जागरुक भएका छन । उक्त क्षेत्रमा रहेका स्थानीय जनप्रतिनिधि , बुद्धिजीवी सबै संग सहकार्य गरेर युवाहरू समाज सुधार अभियान नै चलाएका छन । उनिहरुले सिद्देस्वरि समाज सुधार नामक क्लव दर्ता गरेर अभियान थालेका हुन ।

आज शनिवार क्लवको अगुवाइमा टडुवा गाउँमा बृह्त सरसफाइ गरेको क्लवका कोषाध्यक्ष बिरबहादुर वलीले जानकारी दिए । क्लवकि अध्यक्ष सिता कवर,वडा सदस्य रामलौटन थारुको अगुवाईमा ७० बढिको उपस्थितिमा बृहत् सरसफाइ गरिएको हो । उनिहरुले सरसफाइ संगै निरंतरता दिनका लागि ५ सदस्यीय निगरानी समिति गठन समेत गरिएको छ ।

उक्त क्षेत्रमा रहेको विद्यालयमा खाने पानी फिल्टर ,ग्यास चुलो लागायत सामाग्री सहयोग गरेका छन । उक्त टोलबाट दक्षिण कोरियामा रहेका शिव गिरि, जापानमा रहेका सहविर कवरको आर्थिक सहयोगमा उक्त बिद्यालयमा निजि स्रोत बाट शिक्षक पनि राखेर पढाइलाई गुणस्तरलाई अगाडी बढाउन खोजेको कोषाध्यक्ष वलीले जानकारी दिए ।

1 COMMENT

  1. सिद्धेश्वोरी समाज सुधार कलब लाई धेरै धेरै धन्यवाद छ र आगमी दिन हरुमा पनि यस्तै यस्तै काम्हरुलाई ध्यान दिदैजावोस र कलब पनि अगाडि बढदै जावोस 🇳🇵🇳🇵जय समज🇳🇵🇳🇵

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here