• 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

सुर्खेत वैशाख ५ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ ।
शुक्रवार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको हो ।

उहाँले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्नु भएको हो । यी तीनैजना एमालेका सांसद हुन् ।

उनीहरूले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । एमालेले कर्णाली प्रदेशको कमिटीको शनिवारको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी ‘फ्लोर क्रस’ गर्ने तीन जनालाई पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here