•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ वैशाख २८ गते ।
आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो।

आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित छन्।

यस्तै सङ्क्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन्। अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन। नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ।

२२५को निधन
आज सङ्क्रमणबाट २२५ को निधन भएको छ। आज निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा आज निधन हुनेको संख्या त्यति पुगेको हो।

आज निधन हुनेसंँगै नेपालमा अहिलेसम्म चार हजार ८४ कोरोनाबाट बितेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here