African American in Prison
  • 150
  •  
  •  
  •  
  •  
  •  
    150
    Shares

बाँके वैशाख २९ गते ।
कोरोना संक्रमित विरामीका लागि प्रयोग हुँदै आएको रेमडिसिभिर चर्को मूल्यमा विक्री गर्ने दुई जना नेपालगन्जबाट पक्राउ परेका छ्न ।

वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार उनीहरुलाई आज विहान नेपालगन्जबाट पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-८ का २३ वर्षीय मोहम्मद जावेद अनसारी र अर्का नेपालगन्ज उपमहानगरपालिका-११ का २५ वर्षीय हारुन अंशु रहेका छन् ।

वडा इन्चार्ज डिल्ली खडकाले दिइएको जानकारी अनुसार, उनीहरुले दुई भायल रेमडिसिभिर रु २५/२५ हजारमा विक्री गरिरहेका थिए ।उनीहरुले पुष्ठभूमिबारे थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here